काकविष्ठापतन शान्ति –
कागले मानिसको शरीरमा मल (दिसा) गरेमा यसको शान्ति गर्नुपर्छ । शान्ति गरिएन भने यसले कष्ट दिन्छ । सुकेको रुखमा बसेको कागको दिसा शरीरमा परेमा धन नाश हुन्छ । टाउकोमा परेमा मृत्यु, काँध वा पिठ्युँमा परेमा दाजुभाइलाई कष्ट, हातमा परेमा मित्रनाश, मलद्वार र कोखामा परेमा सन्ताननाश, पेटमा परेमा रोग, तिघ्रा र घुँडामा परेमा वाहननाश र राज्यबाट कष्ट, गोडामा परेमा देशत्याग हुने जस्ता अशुभ फल मिल्ने भएकोले यसको शान्ति गर्नुपर्छ । कागले शरीरमा दिसा गर्ने बित्तिकै कपडा सहित सचैल स्नान गर्नुपर्छ र त्यस कपडालाई त्याग गर्नुपर्छ । यसपछि सकेसम्म छिट्टै शुभ दिन पारेर दियोकलशगणेश आदिको पूजा गरी ग्रहशान्ति, गाईदान र तिलपात्रदान गर्नुपर्छ । सम्भव भएमा अग्निस्थापना विधिअनुसार हवन गरी विशेष हवनमा तिल र महले होम गरी विसर्जन गर्नुपर्छ । चण्डीपाठ, शान्तिकाध्याय, मृत्युञ्जयस्तोत्र आदिको पाठ गराउनु शुभ हुन्छ ।
संकल्प –
ॐ अद्येह पूर्वसंकल्पसिद्धिरस्तु ……….गोत्र ………..शर्माहं मम शरीरे काकविष्ठा पतनजनित दुष्टदोष उपशान्त्यर्थं जन्मलग्न वर्षलग्न, गोचरलग्नादि अरिष्ट स्थान स्थितानां दुष्टग्रहाणां दुष्टफलोपशान्तये आदौ दीपकलशगणेश, नवग्रह पूजनपूर्वकं हवनं करिष्ये ।
विशेष होम यथा शक्ति गर्नु –
ॐ काकचाण्डालाय स्वाहा,
ॐ श्वपचेभ्यो स्वाहा,
ॐ वायसेभ्यो स्वाहा,
ॐ पतङ्गेभ्यो स्वाहा,
ॐ पापरोगिभ्यो स्वाहा,
ॐ यमदूतेभ्यो स्वाहा,
कागले शरीरमा छोएमा पनि माथि बताइएको विधिअनुसार नै शान्तिकर्म गर्नुपर्छ ।





