पितृ सम्मान दिवस  अर्थात् बुबाको मुख हेर्ने दिन

विभिन्न चाडपर्वहरुका कारण नेपाली समाजमा आत्मियता र भाइचारा धेरै पहिला देखि नै रहि आएका छन् । हरेक चाडपर्वहरुले आ आफ्नै विशेषताहरुलाई कायम राखेका छन् । हरेक चाडपर्वलाई मनाउँदा त्यसले प्रत्यक्ष वा अप्रत्यक्ष जस्तोसुकै अवस्थामा पनि केही न केही सकारात्मक सन्देश नै दिँदै गएको देखिन्छ ।

आज कुशे औँशी अर्थात् सबैको घर घरमा नयाँ कुश भित्¥याउने तथा बुबाको मुख हेर्ने दिन । आमालाई सद्भाव दिने पर्व आमाको मुख हेर्ने दिन जस्तै आज बुबा प्रति सम्मान गर्ने दिन हो ।
आफुलाई जन्म दिइ पालन र असल कार्य गर्ने बुबालाई आजको दिन सन्तानले सम्मान प्रकट गर्ने हो । जीवित बुबालाई विभिन्न मेवा मिष्ठान्न दिएर त स्वर्गवासी बुबाका लागि आजको दिन पिण्ड, तर्पण आदि दिनुुपर्छ भन्ने धर्मशास्त्रहरुको मान्यता रहेका छन् । बुबा आमा प्रति श्रद्धा प्रकट गर्नु त सँधै पर्दछ तर आजको दिनलाई चाहीँ अन्य दिन भन्दा अझै विशेष मानिन्छ । टाढा पुगेको भएपनि बुबाको मुख हेर्न आउनाले सामजिक सद्भावलाई यो पर्वले बढाउँछ । त्यसैकारण हिन्दु समाजमा देवताले दिने, पितृले हर्ने भन्ने मान्यताहरु पनि चलेका हुन् । पौराणिक ग्रन्थहरुमा हेर्ने हो भने जन्म दिने जन्म दाताको निकै ठूलो महत्व छ । पितृदेवाे भवः । भन्ने त हाम्रो आदर्श वाक्य नै हाे ।

जन्म दिने आमाबुबालाई साँच्चै नै खुशी राख्न सकियो भने त्यस व्यक्तिका लागि यो संसारमा सबै कुरा प्राप्त हुन्छ, अभाव केही हुँदैन समेत भनिएको हुनाले आजको दिनलाई निकै विशेष दिन मानिन्छ । यही पर्वलाई पश्चिमा मुलुकमा पनि आजैको दिन हिन्दु पञ्चाङ्ग अनुसार नै फादर डे को रुपमा मनाउँछन् , आज आफ्ना बुबा नहुनेहरुले आफ्नु बुबाको सम्झनामा तीर्थमा गएर श्राद्ध गर्ने गर्दछन् । आज काठमाण्डौको गोकर्ण तथा नुवाकोट र रसुवाको सिमानामा पर्ने वेत्रावती मा श्राद्ध गर्नेहरुको ठूलो मेला लाग्ने गर्दछ ।

कमेन्ट छाेड्नुहाेस्

Please enter your comment!
Please enter your name here