त्रिकप्रसव शान्ति–
सुतत्रये सुताचेत् स्यात् तत्त्रये वा सुतो यदि । मातापित्रोः कुलस्यापि तत्रानिष्ट महद् भयम् ।।
ज्येष्ठनाशो धने हानिर्दुःखं च सुमहद् भवेत् । जातस्यैकादशाहे वा द्वादशाहे शुभे दिने ।।

लगातार तीन छोरा जन्मेपछि छोरीको जन्म वा लगातार तीन छोरीको जन्म भएपछि छोराको जन्म भयो भने यसलाई शास्त्रले त्रिकप्रसव दोष मानेको छ । यस्तो भएमा यसले कुलमा नै अनिष्ट गर्दछ । घरमूली र धनसंपत्तिको नाश हुन्छ । साथै यसले परिवारमा पनि दुःख, कष्ट हुन्छ । यसैले यसको लागि न्वारनको दिन वा बाह्रौँ दिनमा शान्ति गर्नुपर्छ । अन्य शान्ति विधि जस्तै यसमा पनि दियोकलशगणेशको पूजा गरी ग्रह पूजा पनि गर्नुपर्छ । यसपछि कलशमा ब्रह्मा, विष्णु, महेश, इन्द्र र रुद्र देवताको आवाहन गरी षोडशोपचारले पूजा गर्नुपर्छ । पूजा गरिसकेपछि अग्निस्थापना विधिअनुसार हवन गरेर ब्रह्मा आदि पाँच देवतालाई क्रमैले १०८ पटक हवन गर्नुपर्छ । साथै शान्तिकाध्याय, रुद्री, चण्डी आदि पाठ गराउनु शुभ हुन्छ । अन्त्यमा सबै पूजा समापन गरी टीका प्रसादका साथै ब्राह्मण भोजन गराउनुपर्छ ।

संकल्प –

अद्येह पूर्वसङ्कल्प सिद्धिरस्तु ……गोत्र …….शर्माहं मम अस्य शिशोः त्रिकप्रसव शान्तिकर्मणि समस्त दोष निवारणार्थं आदौ दीपकलशगणेश नवग्रहादि पूजनपूर्वकं कलशे सुवर्णप्रतिमासु ब्रह्मविष्णुमहेशेन्द्ररुद्राणां यथामिलितोपचारैः पूजनं तथा हवनं च करिष्ये ।
पूजा र हवन गर्ने मन्त्र –
ॐ ब्रह्म जज्ञानं प्रथमं पुरस्ताद्विसीमतः सुरुचो व्वेनऽआवः । स बुध्न्याऽउपमाऽअस्य व्विष्ठाः सतश्च ॺोनिमसतश्च व्विवः ।। ॐ ब्रह्मणे नमः ।
ॐ व्विष्णो रराटमसि व्विष्णोः श्नप्त्रेस्थो व्विष्णोः स्यूरसि । व्विष्णोर्ध्रुवाेसि व्वैष्णवमसि व्विष्णवेत्वा ।। ॐ विष्णवे नमः ।
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात् ।। ॐ महेशाय नमः
ॐ त्रातारमिन्द्रमवितारमिन्द्र ᳯ हवे हवे सुहव ᳯ शूरमिन्द्रम् । ह्वयामि शक्रं पुरुहूतमिन्द्र ᳯ स्वस्तिनो मघवा धात्विन्द्रः स्वाहा ।। ॐ इन्द्राय नमः ।।
ॐ ॺऽएतावन्तश्च भूयाᳯ सश्च दिशो रुद्रा व्वितस्थिरे । तेषाᳯ सहस्रयोजनेऽवधन्वानि तन्मसि स्वाहा ।। ॐ रुद्राय नमः ।।

कमेन्ट छाेड्नुहाेस्

Please enter your comment!
Please enter your name here