आज वि.सं. २०८३ साल जेठ ३ गते आइतवार, इस्वि संवत् २०२६, मे,१७ ,आजदेखि दशहरा स्नान मेला तथा मत्स्यनारायणको मेला सुरु भएको छ । गोसाइँकुण्डमा पनि मेला सुरु , आजबाट मलमास सुरु हुन्छ ।
१। मेष
आज रोकिएका अधुरा कामहरू सुल्झाउने अवसर मिल्नेछ। साथीभाइको सहयोगले उत्साह बढ्नेछ। व्यापारमा सामान्य लाभ भए पनि बेलुकीपख खर्चमा वृद्धि हुन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला।
२। वृष
मन प्रसन्न रहनेछ र पारिवारिक सुख मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। विद्यार्थी वर्गका लागि अध्ययनमा रुचि बढ्ने समय छ। आर्थिक पक्ष मजबुत हुनाले वैदेशिक क्षेत्रको लगानी फलदायी देखिन्छ।
३। मिथुन
आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। अनावश्यक खर्च र यात्राले थकान महसुस गराउनेछ। गोपनीयतामा ध्यान दिनुहोला, नजिकका व्यक्तिबाट धोका हुन सक्छ। बोलीमा संयम राख्नु उचित हुनेछ।
४। कर्कट
आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। दाजुभाइ वा इष्टमित्रबाट सहयोग मिल्नाले ठुलो काम बन्नेछ। सवारी साधन वा भौतिक सुख सुविधाका वस्तुहरू खरिद गर्ने योग देखिन्छ।
५। सिंह
तपाईंको कार्यक्षमताको प्रशंसा हुनेछ। प्रशासनिक वा सरकारी काममा सफलता मिल्नेछ। नयाँ पदको जिम्मेवारी प्राप्त हुन सक्छ। सामाजिक मान(प्रतिष्ठामा वृद्धि हुने दिन छ।
६। कन्या
भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक वा मांगलिक कार्यहरू सम्पन्न हुनेछन्। वैदेशिक यात्राको प्रयास गर्दै हुनुहुन्छ भने आजको दिन सकारात्मक रहनेछ। गुरुजनको आशीर्वादले नयाँ मार्ग प्रशस्त हुनेछ।
७। तुला
स्वास्थ्यमा केही समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला। सोचेको काम समयमा नबन्दा मन खिन्न हुन सक्छ। जोखिमपूर्ण लगानीबाट टाढै रहनुहोला। गोपनीयता कायम राख्दा फाइदा हुनेछ।
८। वृश्चिक
दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा साझेदारहरूबाट राम्रो सहयोग मिल्नेछ। रमाइलो यात्राको अवसर जुट्नेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्ने समय छ।
९। धनु
प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू परास्त हुनेछन् र पुराना ऋणहरू चुक्ता गर्ने अवसर मिल्नेछ। मामाघरको पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ।
१०। मकर
सिर्जनात्मक क्षमतामा वृद्धि हुनेछ। सन्तानको प्रगतिले मन हर्षित हुनेछ। बौद्धिक चर्चामा सहभागी भइनेछ। शेयर बजार वा सट्टा व्यापारबाट सोचेभन्दा राम्रो लाभ हुन सक्छ।
११। कुम्भ
घरायसी मामिलामा केही विवाद उत्पन्न हुन सक्छ। आमाको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ। काममा ढिलासुस्ती हुनाले मानसिक तनाव रहनेछ। धैर्यतापूर्वक काम गर्ने समय हो।
१२। मीन
आँटेका कामहरू साहसका साथ पूरा गर्नुहुनेछ। सञ्चार र प्रविधिको क्षेत्रमा लागेकाहरूका लागि आजको दिन विशेष लाभदायी रहनेछ। छोटो दूरीको यात्रा फलदायी हुनेछ।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।




