आज वि.सं. २०८३ साल जेठ २४ गते आइतवार, नेपाल संवत् ११४६ अनलागा, इस्वि संवत् ७ जुन २०२६, चान्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्षको सप्तमी राति १०ः३३ बजेसम्म उप्रान्त अष्टमी तिथि, शतभिषा नक्षत्र भोलि बिहान ५ः०१ बजेसम्म उप्रान्त पूर्वभाद्र नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, सूर्योदय बिहान ५ः१० बजे, सूर्यास्त बेलुका ६ः५६ बजे, आज शुभकार्यको लागि पश्चिम तर्फ फर्कनु शुभ हुनेछ । आज पनि पञ्चक परेको छ । साथै आज रविसप्तमीको व्रत गरिन्छ ।
मेष
दिनको पूर्वार्ध आम्दानी र लाभका दृष्टिकोणले निकै राम्रो रहनेछ। रोकिएका पुराना कामहरू बन्नेछन् र मित्रहरूको राम्रो सहयोग मिल्नेछ। साँझपख भने खर्चको मात्रा अलि बढ्न सक्छ, विलासिताका वस्तुमा बढी धन खर्च होला।
वृष
सुरुवाती समय कार्यक्षेत्रमा वर्चस्व र प्रभाव बढाउने खालको रहनेछ। हाकिम वा मान्यजनको सहयोगले व्यावसायिक सफलता मिल्नेछ। पछिल्लो समयमा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् र रोकिएको धन फिर्ता हुन सक्छ।
मिथुन
दिनको पहिलो भाग भाग्यशाली र धार्मिक कार्यका लागि उत्तम रहनेछ। लामो दुरीको यात्रा वा वैदेशिक कार्यमा सफलता मिल्नेछ। उत्तरार्धमा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर आउन सक्छ, मानसम्मान बढ्नेछ।
कर्कट
सुरुको समयमा स्वास्थ्यमा अलि उतारचढाव आउन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोला र विवादबाट टाढै रहनुहोला। पछिल्लो समयमा भने भाग्यले साथ दिनेछ, पुराना बाधाहरू हट्नेछन् र आध्यात्मिक कार्यमा मन जानेछ।
सिंह
व्यापार व्यवसाय र दाम्पत्य जीवनका लागि दिनको पूर्वार्ध निकै सुखद र फलदायी रहनेछ। साझेदारीका कामबाट लाभ मिल्नेछ। तर साँझपख स्वास्थ्यमा अचानक मन्दी आउन सक्ने भएकाले सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला।
कन्या
तपाईंको कार्यक्षमता बढ्नेछ, शत्रुहरू परास्त हुनेछन् र पुराना ऋण(विवाद सुल्झिनेछन्। कार्यक्षेत्रमा सहकर्मीहरूको राम्रो साथ पाइनेछ। उत्तरार्धमा दाम्पत्य जीवन र प्रेम सम्बन्ध थप मधुर बन्नेछ, रमाइलो यात्राको योग बन्नेछ।
तुला
बौद्धिक र रचनात्मक कार्यमा रुचि बढ्नेछ, विद्यार्थी वर्गले अध्ययनमा राम्रो सफलता पाउनेछन्। सन्तान पक्षबाट सुखद समाचार मिल्नेछ। पछिल्लो समयमा शारीरिक ऊर्जा र आत्मविश्वास बढ्नेछ, रोकिएका कामले गति लिनेछन्।
वृश्चिक
सुरुमा घरायसी मामिला वा पारिवारिक विषयलाई लिएर केही मानसिक चिन्ता वा कार्यक्षेत्रमा कामको चाप बढ्न सक्छ। उत्तरार्धमा भने परिस्थिति अनुकूल बन्नेछ, रचनात्मक कार्यमा रुचि बढ्नेछ र बौद्धिक क्षेत्रबाट लाभ मिल्नेछ।
धनु
हिम्मत, पराक्रम र उत्साहमा वृद्धि हुनेछ। दाजुभाइ तथा नजिकका मित्रहरूको सहयोगले अधुरा योजनाहरू पूरा हुनेछन्। पछिल्लो समयमा भने पारिवारिक विषयमा बढी केन्द्रित हुनुपर्नेछ र घरजग्गाको विषयमा केही समय खर्च हुन सक्छ।
मकर
आर्थिक दृष्टिकोणले दिनको पूर्वार्ध निकै उत्तम रहनेछ। धन सञ्चय र बैंकिङ कार्यका लागि समय अनुकूल छ। उत्तरार्धमा तपाईंको हिम्मत र उत्साह थप बढ्नेछ, सञ्चार वा मिडिया क्षेत्रसँग जोडिएका कामहरू बन्नेछन् र छोटो यात्रा हुन सक्छ।
कुम्भ
शारीरिक स्फूर्ति, मानसिक प्रसन्नता र आत्मविश्वास उच्च रहनेछ, सोचेका काम समयमै बन्नेछन् र व्यक्तित्वको प्रशंसा हुनेछ। पछिल्लो समयमा आर्थिक क्षेत्रमा थप सुधार आउनेछ, रोकिएको धन फिर्ता हुनेछ र बोलीको प्रभाव बढ्नेछ।
मीन
सुरुको समयमा खर्चको मात्रा केही बढ्न सक्छ वा काममा केही विलम्ब हुन सक्छ। तर उत्तरार्धमा सबै सुस्ती र बाधाहरू हट्नेछन्, शारीरिक ऊर्जा बढ्नेछ, नयाँ योजनाहरू सफल हुनेछन् र मानसिक शान्ति मिल्नेछ।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।




