आज वि.सं. २०८३ साल वैशाख २६ गते शनिवार, नेपाल संवत् ११४६ वछलागा, इस्वि संवत् ९ मे २०२६, चान्द्रमान अनुसार शुद्ध ज्येष्ठ कृष्ण पक्षको सप्तमी बिहान ९ः५५ सम्म उप्रान्त अष्टमी, श्रवण नक्षत्र बेलुका ७ः४२ सम्म उप्रान्त धनिष्ठा नक्षत्र, शुक्ल योग, बालव करण, आनन्दादिमा स्थिर योग, चन्द्रमा मकर राशिमा, सूर्योदय बिहान ५ः२१ बजे, सूर्यास्त बेलुका ६ः४१ बजे, आज अष्टमीको व्रत र गोरखकाली पूजा परेको छ । साथै आज कानुन दिवस पनि मनाइन्छ ।

मेष
आजको दिन कार्यक्षेत्रमा निकै व्यस्त रहनुपर्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ जसले भविष्यमा पदोन्नतिको मार्ग प्रशस्त गर्नेछ। राजनीति वा समाजसेवामा हुनुहुन्छ भने तपाईंको प्रभाव बढ्नेछ। व्यापारमा राम्रो आम्दानी हुने देखिन्छ।
वृष
भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक वा लामो दुरीको यात्राका योजनाहरू सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुन सक्छ। उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि आजको दिन विशेष फलदायी रहनेछ।
मिथुन
आजको दिन स्वास्थ्यमा विशेष सावधानी अपनाउनुहोला। अचानक खर्च बढ्नाले आर्थिक सन्तुलन बिग्रन सक्छ। सवारी साधन चलाउँदा वा मेसिनरी सामान चलाउँदा सतर्क रहनुहोला। अनावश्यक वादविवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ।
कर्कट
दाम्पत्य जीवनमा सुख र मधुरता छाउनेछ। व्यापारमा नयाँ साझेदारीका लागि समय निकै अनुकूल छ। विपरीत लिङ्गी साथीको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। छोटो र लाभप्रद यात्राको सम्भावना छ।
सिंह
तपाईंका शत्रुहरू परास्त हुनेछन्। पुराना रोगहरूबाट मुक्ति मिल्ने योग छ। कार्यक्षेत्रमा हुने प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। मामाघर पक्षबाट सहयोग मिल्न सक्छ। रोकिएका कानुनी मामिलाहरूले गति लिनेछन्।
कन्या
बौद्धिक र सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। सन्तानको शिक्षा वा स्वास्थ्यलाई लिएर खुसीको खबर मिल्न सक्छ। प्रेम सम्बन्धमा निकटता आउनेछ। कला, साहित्य वा प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। आकस्मिक धन लाभको सम्भावना छ।
तुला
पारिवारिक वातावरणमा केही उतारचढाव आउन सक्छ। घरको सुख(सुविधामा खर्च बढ्नेछ। जग्गा जमिन वा घरको कारोबार गर्दा सावधान रहनुहोला। आमाको स्वास्थ्यमा ध्यान दिनुहोला। मनमा केही अस्थिरता महसुस हुन सक्छ।
वृश्चिक
तपाईंको साहस र पराक्रम बढ्नेछ। दाजुभाइ र छिमेकीसँगको सम्बन्ध सुधार हुनेछ। नयाँ कामको थालनी गर्न वा लगानी गर्न आजको दिन शुभ छ। छोटो दुरीको यात्रा लाभदायक रहनेछ। सञ्चार र मिडिया क्षेत्रमा रहेकाहरूलाई विशेष फाइदा हुनेछ।
धनु
आर्थिक पक्ष बलियो रहनेछ। वाणीको प्रभावले बिग्रिएका कामहरू बन्नेछन्। परिवारमा माङ्गलिक कार्यको चर्चा हुन सक्छ। पुराना लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। मीठो भोजन र पारिवारिक जमघटको अवसर मिल्नेछ।
मकर
चन्द्रमा आज तपाईंको आफ्नै राशिमा रहनेछन्। आत्मविश्वास र ऊर्जा बढ्नेछ। लामो समयदेखि रोकिएका व्यक्तिगत कामहरू पूरा हुनेछन्। मान(सम्मानमा वृद्धि हुनेछ। तपाईंको व्यक्तित्वको सबैले प्रशंसा गर्नेछन्।
कुम्भ
आज खर्चको मात्रा अलि बढ्न सक्छ। वैदेशिक कार्य वा टाढाको यात्राका लागि समय अनुकूल छ। कसैलाई उधारो दिँदा वा जमानत बस्दा विचार पुर्‍याउनुहोला। आध्यात्मिक चिन्तन र योगमा समय बिताउँदा मानसिक शान्ति मिल्नेछ।
मीन
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। रोकिएको धन फिर्ता हुन सक्छ। साथीभाइ र इष्टमित्रको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। सेयर बजार वा व्यावसायिक लगानीबाट राम्रो मुनाफा मिल्ने योग छ।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

 

 

 

 

कमेन्ट छाेड्नुहाेस्

Please enter your comment!
Please enter your name here