आज वि.सं. २०८३ साल वैशाख १८ गते शुक्रवार, नेपाल संवत् ११४६ वछलाथ्व, इस्वि संवत् २०२६ मे १ तारिक , चान्द्रमान अनुसार वैशाख शुक्ल पक्षको पूर्णिमा राति ९ः५७ सम्म उप्रान्त ज्येष्ठ कृष्ण प्रतिपदा ,चन्द्रमा तुला राशिमा, सूर्योदय बिहान ५ः२७ बजे, सूर्यास्त बेलुका ६ः३७ बजे,

आज चण्डी पूर्णिमा हो । पूर्णिमाको व्रत तथा गौतमबुद्ध जयन्ती आज नै परेको छ । मजदूर दिवस मनाइन्छ । उभौलिपर्व , कूर्मजयन्ती, गोरखनाथजयन्ती मनाइन्छ । आजै वैशाख स्नान समाप्त हुन्छ ।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ०
प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। व्यापारमा नयाँ लगानीका अवसरहरू मिल्न सक्छन्। साझेदारीमा गरिएका कामबाट राम्रो लाभ हुनेछ। छोटो दूरीको सुखद यात्राको योग छ, जसले मनमा प्रसन्नता ल्याउनेछ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो०
तपाईंका प्रतिस्पर्धीहरू आज कमजोर रहनेछन्। रोकिएका कामहरूले गति लिनेछ। स्वास्थ्यमा उल्लेख्य सुधार आउनेछ। मुद्दा(मामिला वा विवादमा तपाईंको पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको पूर्ण सहयोग प्राप्त हुनेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा०
बौद्धिक र सिर्जनात्मक काममा सफलता मिल्नेछ। सन्तानको प्रगतिले मन हर्षित हुनेछ। शिक्षा क्षेत्रमा रहेकाहरूका लागि आजको दिन निकै राम्रो छ। नयाँ योजनाहरू कार्यान्वयन गर्ने सोचमा हुनुहुन्छ भने आज अगाडि बढ्नु राम्रो हुनेछ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो०
पारिवारिक विषयलाई लिएर केही चिन्ता बढ्न सक्छ। घरजग्गा वा सवारी साधनको खरिद(बिक्रीमा सावधानी अपनाउनुहोला। मनमा केही चञ्चलता रहन सक्छ। अरूको काममा अल्झिनुभन्दा आफ्ना अधुरा काम पूरा गर्न ध्यान दिनुहोस्।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे०
तपाईंको साहस र पराक्रम बढ्नेछ। दाजुभाइ तथा छिमेकीसँगको सम्बन्ध प्रगाढ हुनेछ। सञ्चार र प्रविधिको क्षेत्रमा लागेकाहरूलाई विशेष लाभ हुनेछ। छोटो यात्राले मनमा नयाँ उर्जा र उत्साह थप्नेछ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो०
आर्थिक लाभको योग छ। बोलीको मधुरताले अरूलाई प्रभावित पार्न सफल हुनुहुनेछ। कुटुम्ब र आफन्तजनको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछन्। खानपानमा विशेष रुचि बढ्नेछ र घरमा उत्सवको वातावरण रहनेछ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते०
आज तपाईंको आत्मविश्वास उच्च रहनेछ। मान(सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। नयाँ पहिरन वा विलासी वस्तुहरू खरिद गर्ने सम्भावना छ। सामाजिक कार्यमा तपाईंको भूमिका निर्णायक रहनेछ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु०
आज खर्च बढ्ने योग छ, त्यसैले बजेट व्यवस्थापनमा ध्यान दिनुहोला। अनावश्यक यात्रा र दौडधुपले थकान महसुस गराउन सक्छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा भने सफलता मिल्ने देखिन्छ। विवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे०
आयआर्जनका क्षेत्रहरू सबल रहनेछन्। पुराना लगानीबाट राम्रो मुनाफा प्राप्त हुनेछ। साथीभाइको सहयोगले ठूलो योजना सफल पार्न सकिनेछ। मनमा नयाँ आशा र उमङ्ग छाउनेछ। सुखद् समाचार सुन्न पाइनेछ।
मकर भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि०
कर्म क्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ। पदोन्नति वा नयाँ रोजगारीको अवसर प्राप्त हुन सक्छ। सामाजिक मान(मर्यादा प्राप्त हुनुका साथै नेतृत्वदायी भूमिका निर्वाह गर्ने मौका मिल्नेछ।
कुम्भ गु, गे, गो, सा, कष्, सु, से, सो, दा०
भाग्यले साथ दिनेछ। धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। रोकिएका कामहरू भाग्यको बलले सम्पन्न हुनेछन्। टाढाको यात्रा वा तीर्थाटनको योग छ। विद्यार्थीहरूका लागि उच्च शिक्षामा सफलता मिल्ने समय छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि०
आजको दिन अलि सावधानी अपनाउनुपर्ने देखिन्छ। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। गुप्त शत्रुहरू सक्रिय हुन सक्ने भएकाले आफ्नो योजना गोप्य राख्नुहोला। संयम र धैर्यताका साथ काम गर्दा बाधा(अड्चनहरू बिस्तारै हट्नेछन्।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

 

 

 

 

कमेन्ट छाेड्नुहाेस्

Please enter your comment!
Please enter your name here