१ वर्षमा विषु २ पटक हेरिन्छ । एउटा वैशाख संक्रान्तिबाट सुरु हुन्छ, सूर्य मेष राशिमा प्रवेश गर्ने दिन सुरु हुने भएकोले यसलाई मेष विषु भनिन्छ भने अर्को कार्तिक संक्रान्तिबाट सुरु हुन्छ, यसलाई तुला विषु भनिन्छ । नयाँ वर्ष कस्तो हुन्छ भन्ने जिज्ञासा सबैलाई हुने भएकोले वैशाखमा सुरु हुने मेष विषुलाई धेरैले महत्वका साथ हेर्ने गर्दछन् । 

 

विषु देब्रे अंगमा पर्नुलाई अशुभ मानिन्छ भने दाहिने अंगमा पर्नु शुभ हुन्छ । यसलाई कतिपयले संक्रान्ति हेर्ने पनि भन्दछन् । विषु हेर्दा नक्षत्रबाट हेर्नुपर्छ राशिबाट होइन । यो वर्षको सुरुमा निम्न नक्षत्रलाई निम्न अंगमा विषु परेको छ ।

 

ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तरषाढा, श्रवण, धनिष्ठा, शतभिषा को लागि शीरमा परेको छ, यसले जग्गाजमिनको लाभ हुन्छ ।स्वाती, विशाखा, अनुराधाको लागि मुखमा परेको हुनाले पाण्डित्याइँ बढ्छ ।मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्राको लागि हृदयमा परेको हुनाले धन प्राप्ति राम्रो हुन्छ ।
पुनर्वसु, तिष्य, अश्लेषको लागि दाहिने हातमा परेकोले महिलाहरुबाट लाभ हुन्छ ।


रोहिणी, मृगशिरा र आद्र्रा को लागि देब्रे हातमा परेकोले अरुसँग सहयोग माग्नु पर्ने अवस्था आउने भएकोले यसलाई अशुभ मानिन्छ ।
अश्विनी, भरणी र कृत्तिकाको लागि दाहिने गोडामा पर्ने भएकोले यात्रा बढी हुन्छ ।
पूर्वाभाद्रपदा, उत्तरभाद्रपदा र रेवती नक्षत्रमा जन्मिने को लागि भने देब्रे गोडामा पर्ने भएकोले यसले कष्ट दिन्छ ।


निष्कर्ष ः राशिको नामको पहिलो अक्षर से, सो, दा, दी, दू, थ, झ, ञ, दे, दो, चा, ची बाट सुरु हुनेहरुलाई देब्रेगोडामा विषु पर्छ । यो विषुको फल कष्ट हुने भएकोले यसको शान्ति गर्नुपर्छ । साथै ओ, वा, वि, वु, वे, वो, का, की, कु, घ, ङ, छ बाट नाम आउने हरुको पनि देब्रे हातमा विषु पर्ने भएकोले सामान्य अशुभ नै रहन्छ । माथि उल्लेखित अक्षर बाहेक अन्य अक्षरबाट नाम सुरु हुनेहरुको लागि यो विषु शुभ रहन्छ ।

कमेन्ट छाेड्नुहाेस्

Please enter your comment!
Please enter your name here